काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरू हुनुपूर्व नै विद्यार्थी भर्ना नगर्न र मनपरी शुल्क असुल नगर्न निजी विद्यालयहरूलाई सचेत गराएको छ ।
मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित कानुन र सर्वोच्च अदालतको आदेशविपरीत विद्यार्थी भर्ना थालिएको भन्दै निर्देशनको अवज्ञा गरे कारबाहीको चेतावनी दिएको छ । आजको मन्त्रिपरिषद् बैठकले वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरू गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले पनि २ दिनअघि शैक्षि सत्र सुरू हुनुअघि भर्ना नलिन आदेश दिएको थियो ।
केही निजी विद्यालयहरूले शिक्षा नियमावली संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ ले तोकेभन्दा बाहिरका कुनै पनि शीर्षकमा शुल्क नउठाउन मन्त्रालयले भनिएको छ । भर्ना शुल्क तुरुन्त फिर्ता गर्न र गैरकानुनी काम हुन नदिन सम्बन्धित सबै स्थानीय तहहरूलाई अनुरोध गरिएको छ ।
