काठमाडौं – काठमाडौंमा प्रहरीले रातभर गुण्डागर्दी, ठगी, बिचौलिया लगायतमा संलग्नहरूविरुद्ध सर्च अप्रेशन चलाएको छ
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार रातभर काठमाडौंका विभिन्न ठाउँबाट १९५ जना पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरु ठमेल, विमानस्थल लगायतका क्षेत्रमा मान्छे तातातान गर्ने, गुण्डागर्दीमा संलग्न, बिचौलिया लगायत छन् । उनीहरूविरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।