बुटवल– बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरमा सडक छेकेर आन्दोलन गरेका स्थानीय र प्रहरीबीच झडप हुँदा तीन जना स्थानीयसँगै ११ जना प्रहरी घाइते भएका छन्।का छन् ।
सीमा क्षेत्रबाट लागुऔषध भित्रिएर आफ्ना बालबालिका कुलतमा लागेको भन्दै बाटो छेकेर स्थानीयले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो।
लागुऔषध कारोबारविरुद्ध आक्रोशित स्थानीयले हुलाकी सडक अवरुद्ध गरेपछि सडक खुलाउन पुगेको प्रहरी टोली र स्थानीयबीच विवाद चर्किँदै झडप भएको हो। स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले ९ राउन्ड हवाई फायर र ४ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो।
प्रहरीमाथि नै ढुंगा प्रहार हुन थालेपछि बाध्य भएर हवाई फायर र अश्रुग्यास प्रयोग गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
घटनास्थलबाट प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। झडपमा प्रहरीका सहायक हवलदार सन्तोष विक गम्भीर घाइते भएका छन्।