काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष पदमा निमा लामा निर्वाचित भएका छन्।
काठमाडौँमा सम्पन्न संस्थाको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो। उक्त महाधिवेशनको उद्घाटन इन्द्रबहादुर बानियाँले गरेका थिए।
अध्यक्षका लागि भएको निर्वाचनमा लामाले ३९ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी जीवन राईले ११ मत हासिल गरेका थिए।