काठमाडौँ। टी–२० विश्वकप अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको खेल जारी छ ।
नेपालले दिएको १३४ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले पहिलो विकेट गुमाएको छ ।
नेपालका नन्दन यादवले ब्रान्डन किङलाई आउट पार्दै नेपाललाई पहिलो सफलता दिलाए । किङ १७ बलमा २२ रन जोडेर आउट भए । उनले चार चौका प्रहार गरेका थिए ।