काठमाडौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल इटालीसँगको खेलपछि ज्वरोका कारण बिरामी भएका छन्। उनी मुम्बईस्थित वानखेडे रंगशाला मा शनिबार भएको अभ्यासमा सहभागी भएनन्।
प्रशिक्षक स्टुआर्ट ल ले रोहितलाई शुक्रबारदेखि ज्वरो आएको जानकारी दिँदै आइतबार वेष्ट इन्डिजविरुद्धको खेलमा उपलब्ध हुने विश्वास व्यक्त गरे। नेपाल इटालीसँग १० विकेटले पराजित भएपछि समूह ‘सी’ बाट सुपर ८ पुग्ने सम्भावना कमजोर बनेको छ।
अब वेष्ट इन्डिजविरुद्धको खेल नेपालका लागि जित्नै पर्ने दबाबमा हुनेछ। वेष्ट इन्डिजका बलर अकिल हुसैनले पनि नेपाललाई हल्का नलिने र जितका लागि खेल्ने बताएका छन्।