काठमाडौँ । पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रिद्दिकोट गाउँपालिका-२ स्थित जोर्ते उकालोमा ना८ख ३६५ नम्बरको टिपर दुर्घटनामा परेको हो ।
नवलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट गुल्मीतर्फ आउँदै गरेको उक्त टिपर बिहान करिब साढे ४ बजेको समयमा सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा टिपर चालकको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ हाडथोक र अर्गली प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक अनुसन्धान कार्यमा खटिएको छ ।