काठमाडौँ । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ताको पदमा डा. सुनिल रञ्जन सिंहलाई नियुक्त गरिएको छ ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मंगलबार सिंहलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम सिंहलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो । 