तनहुँ । तनहुँको शुक्ल गण्डकी नगरपालिकास्थित विभिन्न ठाउँमा आज तीन वटा शव फेला परेका छन् ।
शुक्ल गण्डकी नगरपालिका-५ कसेरीस्थित फोहर मैला प्रशोधन केन्द्र नजिक दुई र सोही वडाको जनकल्याण मावि नजिकको जंगलमा एक शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक धननारायण श्रेष्ठका अनुसार फोहर मैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र जंगलमा एक महिलाको शव फेला परेको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए