झापा । लगभग १२ वर्षअघि एक महिलालाई जबरजस्ती करणी गरेर फरार भएका व्यक्ति अहिले जेल चलान भएका छन् ।
झापा जिल्ला अदालतले २०६७ साल फाल्गुन १७ गते गरेको फैसला अनुसार जबरजस्ती करणी मुद्दामा फरार रहेका नगेन राईलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।
अदालतको आदेशसँगै फरार रहेका दमक नगरपालिका-३ घर भएका राई १२ वर्षपछि पक्राउ परेका हुन् । अहिले ३६ वर्ष पुगेका राईलाई अदालतले ११ वर्ष कैद सजाय तोकेको छ ।
उनलाई शुक्रबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले बताए ।