काठमाडौँ । आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।
प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.२४ अंकले घटेर २५२७.९२ विन्दुमा अडिएको छ।
यो समयमा २६ स्क्रिप्सको २ हजार ९२० कित्ता सेयर ८ लाख ९५ हजार ८८७ रुपैयाँमा खरिदबिक्री भएको छ ।
प्रि-ओपन सेसनमा कारोबारमा आएकामध्ये १० स्टक्सको मूल्य बढ्दा १५ वटाको घटेको छ ।