नेपाली समयअनुसार आज विहान ७ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७८ लाख ५९ हजार ५ सय ५७ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ३२ हजार १ सय ६८ जनाको मृत्यु भइसकेको छ भने ४० लाख ३५ हजार ४ सय २१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १७ हजार ५ सय २७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २१ लाख ४२ हजार २ सय २४ रहेको छ जसमध्ये ८ लाख ५४ हजार १ सय ६ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ११ लाख ७० हजार ५ सय ९१ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् जस तीमध्ये १६ हजार ७ सय ४४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
दोस्रो स्थानमा रहेको ब्राजिलमा ४२ हजार ७ सय ९१ जनाले ज्यान गुमाएका छन् भने ८ लाख ५० हजार ७ सय ९६ जना सङ्क्रमित रहेका छन् । ४ लाख ३७ हजार ५ सय १२ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् भने ३ लाख ७० हजार ४ सय ९३ जनाको उपचार गराइरहेका छन् तीमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख २१ हजार ६ सय २६ पुगेको छ भने अहिलेसम्म ९ हजार १ सय ९९ जनाको मृत्यु भइसकेको छ । भारतमा १ लाख ६२ हजार ३ सय २६ जना उपचारपछि निको भएका छन् भने १ लाख ५० हजार १ सय १ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् तीमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । विश्वमा धेरै संक्रमित रहेको देशमा भारत चौथौ नम्बरमा रहेको छ ।
अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा रहेको रसिया ५ लाख २० हजार १ सय २९ जना सङ्क्रमित भेटिएका छन् भने ६ हजार ८ सय २९ जनाको निधन भैसकेको छ ।
नेपालमा अहिलेसम्म ५ हजार ३ सय ३५ जना संक्रमित भएका छन् भने १८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ९ सय १३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।