
काठमाडौं । नेपालमा थप चार व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ५४४ जनाको नमूना परीक्षण गरिएको थियो ।
२०९ जनाको पीसीआर र एक हजार ३३५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा चा जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मंगलबार देशभर दुई जना संक्रमणमुक्त भएका छन् भने ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।