
नेपालमा थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशभरबाट १५० नमुना परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १५० परीक्षण गर्दा ६ नमुनाको रिपोर्ट पोजेटिभ आएको हो। यो अवधिमा दुई जना सङ्क्रमित निको भएका छन्। हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १८ पुगेको छ