पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराइले जसपा पुनगठन गर्ने घोषणा गरेका छन् । उनले जसपा पुर्नगठन गर्नु बाहेक अरु विकल्प नरहेको समेत बताएका छन्।
भट्टराईले शुक्रबार एक विज्ञप्ति जारी गर्दे अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले बिरगञ्जमा एकलौटीरुपमा बैठक बसालेर पार्टी हित विपरीतका गतिबिधि गरेको भन्दै पार्टी पुर्नगठन गर्ने घोषणा गरेका हुन्।
उनले स्वैच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा आफूलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरिएको भन्दै आपत्ति जनाएका छन्।
उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९-३० गते बिरगञ्जमा बसेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वैच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा आफूहरुलाई कारबाही गरेको भट्टराईको आरोप छ ।