सर्वाधिक चासो विषय काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन भनिने वालेन्द्र साह विजेता हुनेमा ढुक्क भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म काठमाडौं महानगरपालिकाको १ लाख ६४ हजार ५६० मत गनिसकिएको हो ।
उक्त गणनामा पहिलो स्थानमा रहेका साहले ५३ हजार ५६ मत प्राप्त गरेका छन् । सुरुवातदेखि नै अग्रता कायम गरेका साहले पछिल्लो समय मतान्तर निकै फराकिलो पार्दै विजयउन्मुख भएका हुन् ।
यसअगाडि दोस्रो स्थानमा रहेकी सिर्जना सिंहलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा आइपुगेका छन् । स्थापितले ३३ हजार १६६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दोस्रोबाट तेस्रो स्थानमा पुगेकी सिंहको मत भने ३३ हजार १०५ रहेको छ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा अब १० भन्दा कम स्थानीय तहको मात्र आउन बाँकी छ ।