काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सडक अवरोध गरि फुटपाथमा बालुवा राख्नेलाई ५ हजार जरिवाना तिराएका छन्।
फुटपाथ अबरोध भएर पैदलयात्रीका लागि असुविधा भएको गुनासो आएपछि मेयर साहले सो कार्य गर्नेलाई जरिवाना तिराएका हुन। आफ्नो फेसबुक पेजमा महानगरले यससम्बन्धी जानकारी दिएको हो
यसअघि हिजो मात्रै महानगरले धोबिखोलामा फोहोर फाल्नेलाई २५ हजार जरिवाना तिराएको थियो।