काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टे भिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
आज बिहान करिब ५ बजे सडकमाथिबाट सुक्खा पहिरो खसेपछि राजमार्गको दुवैतर्फको आवागमन ठप्प भएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन् ।
यसअघि आइतबार पनि सोही स्थानमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो ।