काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा खतरा देखिएपछि नेपाल प्रहरीले उहाँको निवासमै सुरक्षा व्यवस्था गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार जबराको सुरक्षासम्बन्धी जोखिम देखिएपछि प्रहरीले निगरानीमा राख्दै सुरक्षा प्रदान गरेको हो।
“उहाँको सुरक्षाका विषयमा हामी संवेदनशील थियौँ। केही सुरक्षा खतराको कुरा आएपछि प्रहरीको निगरानीमा उहाँलाई सुरक्षा दिएर राखेका थियौँ,” खड्काले भने।
उहाँका अनुसार जबराले निवासमै बस्न सहज हुने बताएपछि अब घरमै सुरक्षा व्यवस्था मिलाइएको छ।
प्रहरीका अनुसार सुरक्षा जोखिम देखिएपछि जबरालाई गएराति केही समय सुरक्षित स्थानमा राखिएको थियो।