गण्डकी– कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका पाँच घर बगाएको छ । बाढीका कारण आसपासका कैयौँ घरसमेत जोखिममा परेका छन् ।
गाउँपालिका अध्यक्ष राजु आचार्यका अनुसार बाढीको जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
गएरातिदेखि कालीगण्डकी नदीमा जलसतह निरन्तर बढेपछि तटीय क्षेत्रका बासिन्दामा त्रास बढेको छ । बाढीले म्याग्दी, पर्वत र बागलुङलगायत जिल्लाका विभिन्न तटीय क्षेत्रमा कटानसमेत गरेको छ ।
स्थानीय प्रशासन तथा सुरक्षा निकायले नदी आसपासका बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेका छन् ।