तनहुँ। निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
त्यस्तै, पृथ्वी राजमार्गका दुई स्थानमा पहिरो खसेर यातायात सञ्चालन प्रभावित भएको छ । पहिरो पन्छाएर सडक खुलाउने तथा सवारीसाधन सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।