काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको विवाद समाधान गरी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । कांग्रेस अहिले अप्ठ्यारो अवस्थामा रहेको र विभाजनको सम्भावनासमेत देखिएको भन्दै उनले सबैलाई एकजुट बनाउनुपर्ने बताए ।
बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा कोइरालाले आगामी महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुने उल्लेख गर्दै त्यसलाई सफल बनाउनु कांग्रेस, राष्ट्र, लोकतन्त्र र संविधानकै सफलता हुने बताए ।
‘पार्टी टुक्रिने पनि हो कि भन्ने सम्भावना देखिरहेको छु । तर हाम्रो प्रयास उनीहरूलाई एकजुट पारेर हामी अगाडि जाऔँ भन्ने रहन्छ,’ उनले भने ।