काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आगामी भदौ २० गते शनिबार दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
बैठकमा रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न विपद् र नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्बन्धी विषयमा छलफल हुने गरी दुईवटा एजेन्डा तय गरिएको छ।
यसअघि पनि कांग्रेसले भोटेकोशी बाढीको क्षति, उद्धार तथा राहतबारे छलफल गर्न आकस्मिक बैठक आयोजना गरेको थियो।