काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली बाढीपछिको अवस्था र सरकारका उद्धार तथा राहत प्रयासबारे जानकारी गराउनेछन्।
भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको छ। बाढीपछि खोज, उद्धार तथा राहतका काम जारी छन्।
उपलब्ध पछिल्लो विवरणअनुसार बाढीबाट हालसम्म १ हजार ११३ जनाको शव फेला परेको छ भने ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन्।
बाढीपछि प्रधानमन्त्री शाहले राष्ट्रका नाममा औपचारिक सम्बोधन गरेका छैनन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नियमित रूपमा उद्धार, राहत तथा पछिल्लो अवस्थाबारे जानकारी दिँदै आएका छन्।
यसैबीच, आजको प्रतिनिधिसभा बैठकमा सभामुखले भोटेकोशी बाढी र त्यसबाट भएको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।