काठमाडौं। नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको बताएका छन् ।
बिहीबार देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका कोइरालाले सभापतिको जिम्मेवारीका विषयमा कुनै कानुनी अड्चन वा ‘स्टे अर्डर’ नरहेको बताए । देउवा नेतृत्वमै पार्टीलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ ।
कोइरालाले पार्टीभित्रको एकतामा जोड दिँदै अलग भएका पक्षलाई पुनः मूलधारमा ल्याउनुपर्ने बताए । पार्टीलाई एकढिक्का बनाउने प्रयास जारी रहने उनले बताए ।
“देउवा पार्टीको सभापति नै हो । अहिले पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नै हो,” कोइरालाले भने ।
पार्टीभित्रको असन्तुष्टि संवादबाट समाधान गर्नुपर्ने भन्दै उनले ढिलोचाँडो सबै पक्ष एक ठाउँमा आउनुपर्ने बताए ।