काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रस्तावित ‘पर्यटन विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलका क्रममा सञ्चारकर्मीलाई बैठकमा प्रवेश निषेध गरेको छ।
सिंहदरबारमा मंगलबार बिहान १० बजेदेखि बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव तथा सम्बन्धित अधिकारी सहभागी थिए। विधेयकको मस्यौदामाथि मन्त्रालयसँग सैद्धान्तिक छलफल भइरहेका बेला समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई बैठकमा बस्न दिइएन।
बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध गर्नुको कारण भने समितिले खुलाएको छैन।