काठमाडौँ । नेपाली कांग्रेसले जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ उपत्यकामा ‘ग्रिन रन’ आयोजना गरेको छ।
आज बिहान सम्पन्न पाँच किलोमिटर दौडमा कांग्रेसका सभापति गगनकुमार थापासहित नेता–कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने क्रममा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘जलवायु जनचेतना जगाऔँ’ भन्ने नारासहित ‘ग्रिन रन’ आयोजना गरेको हो। कार्यक्रममा जलवायु परिवर्तनका चुनौतीप्रति नागरिकलाई सचेत गराउने र वातावरण संरक्षणप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।


