काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएपछि नेपाली काँग्रेसले विपक्षी दलहरूको समन्वय बैठक बोलाएको छ।
सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा आज दिउँसो सवा ३ बजे बैठक बस्ने तय भएको छ। बैठकमा प्रतिनिधि सभामा विपक्षी भूमिकामा रहेका दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई आमन्त्रण गरिएको काँग्रेस संसदीय दलका सचेतक निष्कल राईले जानकारी दिएका छन्।
संसद्मा देखिएको पछिल्लो गतिरोध र अवरोधपछि राजनीतिक समन्वय तथा साझा रणनीतिका विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ।
यसअघि विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको थियो।