गोरखा, १६ भाद्र । एघार वर्षकी नाबालिकालाई बाह्र दिनसम्म करणी गरेको अभियोगमा पक्राउ परेका युवकलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ ।
रौतहट, बृन्दावन-५ घर भई हाल हेटौडा-४ बस्ने २१ वर्षको दिपेन्द्र दास तत्मा ११ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा पक्राउ परेका थिए ।
भारत घर भई हाल हेटौँडामा बस्ने ती बालिकालाई श्रावण ७ गते गोरखामा ल्याएर १२ दिनसम्म डर-त्रास देखाउँदै जबरजस्ती करणी गरेको अभियोगमा श्रावण २१ गते उनलाई मकवानपुर प्रहरीले पक्राउ गरेर गोरखा ल्याएको थियो ।
पक्राउ परेका युवकविरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखामा पेश गरिएको थियो ।
जिल्ला अदालतले शुक्रबार प्रतिवादी दिपेन्द्र दास तत्मालाई पुर्पक्षको लागि कारागार पठाउने आदेश दिएको हो ।
अदालतको आदेशसँगै उनलाई कारागार कार्यालय गोरखा पठाइएको डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित समाचार