कैलाली, ९ भाद्र । जिल्लाको गोदावरी नगरपालिका-३ तेघरीबाट १६ किलो १८० ग्राम लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्ने महिला बझाङ बुंगल नगरपालिका-२ दहबगर मल्ली बत्थी घर भई कैलाली गोदावरी नगरपालिका-२ तेघरी खानेपानी टोल बस्ने बर्ष ४५ की मंगली देवी धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कबिन्द्र सिंह बोहराले बताए ।
घरमा लागु औषध (चरेश) को कारोवार भईरहेको भन्ने सुचनाको आधारमा शनिबार साँझ ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी बस्ने कोठामा बोरा भित्र भुसामा लुकाई छिपाई राखेको लागू औषध (चरेश) १६ किलो १८० ग्राम र नापतौल गर्ने तराजु फेला परेकाले पक्राउ गरिएको डिएसपी बोहराले बताए ।
पक्राउ परेकी धामीलाई ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर लागुऔषध कारोबार मुद्दामा थप अनुसन्धान भइरहेको बताइएको छ ।