
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका-२ त्रिवेणीस्थित जंगलमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
ती किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-२ बस्ने ३६ वर्षीय सुजन नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
किशोरीमाथि बिहीबार दिउँसो जबरजस्ती करणी भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
उजुरीको आधारमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरीले नगरकोटीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।
नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका किशोरी/बालिकाहरूको मञ्जुरीमा शारीरिक सम्वन्ध राखेतापनि उक्त सम्वन्धलाई जबरजस्ती करणी भन्दै पीडितको उमेर र परिस्थिति हेरेर विभिन्न कैद सजाय, क्षतिपूर्तिको व्यवस्था गरेको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३) घ का अनुसार स्रोह वर्ष देखि १८ वर्ष उमेरका किशोरीमाथि जबरजस्ती करणी गर्नेलाई १० देखि १२ वर्षसम्म कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकेको छ ।