तेह्रथुममा १४ वर्षीया बालिकालाई ललाई फकाई करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाचँथरको फिदिम नगरपालिका-३ स्थायी घर भएका ३९ वर्षीय नरेन्द्र राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरीलाई राईले मंसिर २८ गते तेह्रथुम आठराई गाउँपालिका पिलेस्थित झाडीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चुहानडाँडा तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
राई कामको सिलसिलामा तेह्रथुममा आएको र उनलाई सोही स्थानबाट पक्राउ गरिएको तेह्रथुम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विद्यासागर मेहताले केटिएम दैनिकलाई बताए ।
१८ वर्ष मुनिका बालिकासँग सहमतिमै शारीरिक सम्वन्ध राखेतापनि नेपालको कानुनले उक्त सम्वन्धलाई बलात्कार ठहराउँछ ।