
नेकपा एमालेका नेता भीम रावलले चुनावका लागि उम्मेदवारको टिकट नपाउने पक्का भएको छ।
अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट एकल सिफारिसमा परेका रावललाई टिकट नदिएर एमालेअध्यक्ष केपी ओलीले झपट बोहरालाई टिकट दिएका छन्।
अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरेको थियो अछाम–१ मा प्रतिनिधि सभामा झपट बोहोराले टिकट पाउँदा प्रदेश सभामा कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाएका छन्। १० औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण भीम रावलले टिकट नपाएको टिप्पणी सुरु भएको छ ।
२०७४ सालको संघीय निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट एमालेका भीम बहादुर रावल २४,८९३ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका भरत कुमार स्वाँरले १७,६८९ मत पाएका थिए । रावल सात हजार २०४ मतान्तरले विजयी भएका हुन् ।
अछाममा मात्र हैन झापाको क्षेत्र नम्बर १ मा सर्वसम्मत सिफारिस भएका रविन कोइरालाई संघको साटो प्रदेशको टिकट दिएर उक्त स्थानमा अग्नि खरेललाई टिकट दिइने भएको छ । उता कोइरालाले आफू प्रदेशमा नजाने बताएका छन् ।
एमालेले टिकट वितरणको जिम्मा अध्यक्ष ओलीलाई दिएको छ।