पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटिएम मेशिन फोर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही महानगरपालिका–९ पृथ्वी चोक बस्ने रुकुम घर भएका १९ वर्षीय नरेश पुन मगर छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
एनआईसी एशिया बैंकको एटिएम मेसिन फोडिएको यो पहिलो पटक भने होइन् । यसअगाडि पनि विभिन्न समयमा उक्त बैंकको एटिएम फोड्ने प्रयास गरिएको थियो ।
यसअगाडि काठमाडौंको नक्शालमा, भक्तपुरमा र धनगढीमा पनि एनआईसी एशिया बैंकको एटिएम मेसिन फुटाउने प्रयास भएका थिए ।