एनआईसी एशिया बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एकजनालई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त काठमाडौँको टोलीले नक्साल भगवतीस्थित सगरमाथा इन्स्युरेन्स भवनको भुईँ तलामा रहेको एटिएम फुटाउँदै गरेको अवस्थामा धुलिखेल नगरपालिका ७ घर भएका भई हाल काठमाडौँ बस्ने २१ वर्षे आकाश तामाङलाई पक्राउ गरेको छ ।
पक्राउ परेका तामाङको साथबाट प्रहरीले एटिएम फुटाउन प्रयोग गरिएका वटा औजारसमेत फेला पारेको छ । उनले एटिएम फुटाउन थालेपछि बैंकको सुरक्षा प्रणालीमा आलम बज्नसाथ बैंकले प्रहरीलाई खबर गरेको थियो ।
नगद चोरी गर्ने उद्देश्यले एटिएम तोडफोड गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । पक्राउ परेका तामाङलाई महानगरी प्रहरी वृत्त मालिगाउँमा राखिएको छ ।
यसअगाडि भक्तपुरमा र धनगढीमा पनि एनआईसी एशिया बैंकको एटिएम मेसिन फुटाउने प्रयास भएका थिए ।