काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन भनिने वालेन्द्र साहले ४१ हजार मत कटाएका छन् ।
काठमाडौं महानगरको १ लाख १६ हजार ८८५ मतको गणनामा लौरो चुनाव चिह्नले ४१ हजार २७९ मत पाएको हो ।
उनलाई पछ्याइरहेकी गठबन्धनका उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले २३ हजार ८५५ मत पाएकी छन्। सिंह र बालेनबीच १७ हजार ४२४ मतको अन्तर छ ।
दोस्रो स्थानबाट तेस्रो स्थानमा पुगेका नेकपा एमालेका केशव स्थापितले २३ हजार २४ मत प्राप्त गरेका छन् । स्थापितभन्दा सिंह ८३१ मतले अगाडि छन् । पछिल्लो समयमा सिंहले मतान्तर बढाउँदै लगेकी हुन् ।