काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन भनिने वालेन्द्र साहले फराकिलो मतान्तर पार्दै लगिरहेका छन् ।
साह २१८१५ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशव स्थापितले १११२४ मत ल्याएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंह १०३४१ मतका साथ तेस्रो स्थानमा छिन् ।
अग्रस्थानमा रहेका साह र दोस्रो स्थानका रहेका स्थापितबीच दश हजार ६९१ मतको अन्तर छ भने एमालेका स्थापित र गठबन्धकी सिंहबीच ७८३ मतको अन्तर छ ।
पहिलो र तेस्रो नम्बरमा हुनेहरूबीच भने ११ हजार ४७४ मतान्तर रहेको छ ।
उपप्रमुख पदमा भने एमालेकी सुनिता डंगोल १९९५६ मतका साथ अग्रस्थानमा हुँदा गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले जम्मा ६३१६ मत पाएका छन् । श्रेष्ठलाई पछ्याइरहेकी राप्रपाकी बिनिता मगैयाले ३४४९ मत ल्याएकी छन् ।
डंगोल श्रेष्ठभन्दा १३ हजार ६४० मतले अगाडि हुँदा दोस्रो र तेस्रो नम्बरमा रहेकाहरूको मतान्तर २८ सय ६७ रहेको छ ।