गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तरगत काठमाडौं महानगरपालिकाको मतगणना कार्य जारी छ ।
राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार बालेन शाहले ४,१३९ मत प्राप्त गरेका छन् ।
आइतबार (आज) साँझ ८ बजेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेका केशव स्थापितले २,१४८ मत पाउँदा नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले १,९३४ मत पाएकी छन् ।
शाहले पाएको मत स्थापितको भन्दा झण्डै दोब्बर छ । स्थापित र सिंहको मतान्तर २१४ पुगेको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले २८२ मत पाउँदा विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले जम्मा २३ मत ल्याएकी छिन् ।
झ्याल चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार सुमन सायमीले २८१ मतका साथ राप्रपालाई टक्कर दिइरहेका छन् । काठमाडौं महानगरको प्रमुख पदमा ५५ जना चुनावी प्रतिस्पर्धामा छन् ।
अहिले काठमाडौंको वडा नम्बर १, २, ३, ४, ३२ र ३१ को मतगणना भइरहेको छ। छ वटै वडामा बालेनले अग्रता लिइरहेका छन्।
वडा नम्बर ३१ को मतगणना आज सुरू भएको हो। यसमा पनि बालेनले नै अग्रता लिएका छन्।