काठमाडौं महानगरको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । अपरान्ह ढिलो गरी सुरु भएको मतगणनामा सुरुमा वडा नम्बर १ र ३२ को मतगणना को प्रारम्भिक नतिजा आएको हो ।
दुवै वडाको प्रारम्भिक नतिजामा लौरो चिन्हले अग्रता लिएको छ ।
वडा नम्बर ३२ को २५ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन भनिने वालेन्द्र साहले ११ मत ल्याउँदा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी सिर्जना सिंहले ७ र नेकपा एमालेका उम्मेदवार केशव स्थापीतले ४ मत पाएका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका मदन दास श्रेष्ठले ३ मत ल्याएका छन् । २५ मत गन्दा कुनै पनि मत बदर भएको छैन ।
वडा नम्बर १ मा ५० मत गन्दा बालेनले ११, कांग्रेसकी सिर्जना सिंहले ११ र एमालेका केशव स्थापितले ९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।