काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार केशव स्थापित र मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका बालेन शाहबीच जम्काभेट भएको छ ।
चुनावी प्रचारप्रसार तथा घरदैलोका क्रममा आज बिहान काठमाडौंको सिनामंगल क्षेत्रमा स्थापित र बालेनको समूह जम्काभेट भएको थियो। भेटमा दुवैले अंकमाल गर्दै एकअर्कालाई शुभकामना पनि दिएका थिए।
चुनावी प्रचारप्रसारका क्रममा भएका कार्यक्रममा स्थापित बालेनप्रति आक्रमक देखिने गरेका थिए। भेटमा दुवैले अंकमाल गरेको तस्विर सार्वजनिक भएपछि उनीहरू ट्रोलको शिकार भएका छन् । बालेनले अंकमाल गर्दा स्थापित निरास देखिएपछि उनीहरूको ट्रोल बनेको हो ।
आइज बाबु हग गरौं ?? pic.twitter.com/V3s63X5NuA
— N@reshᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ (@nareshadh977) May 8, 2022