पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रधाननमन्त्री केपी शर्मा ओली क्यान्सर भएको टिप्पणी गरेका छन् ।
नेकपाको प्रचण्ड- नेपाल समुहले आयोजना गरेको अन्तरकृयामा भट्टराईले मुलुकमा अब चुनाव पनि नहुने र मुलुक अन्तर्रास्ट्रिय शक्तिकेन्द्रको ठूलो द्वन्दको केन्द्र बन्ने सम्भावना देखिएकाले राष्ट्रिय स्वाधीनतामा ठूलो खतरा औल्याए ।
“केपी ओलीले न्याक्दा त विरुद्धमा लाग्नुभा छ । फेरि पनि केपी ओलीलाई नै बोकेर सँगसँगै जानु भए त हामी कलाकार बन्छौं कि भन्ने डर छ । केपी ओली त क्यान्सर हुन् । त्यो क्यान्सर पालेर राख्नुभयो भने तपाईंहरुलाई त खान्छ खान्छ । हामीहरुलाई पनि खाने खतरा रहन्छ”, भट्टराईले भने ।
राजनीतिलाई ट्रायकमा ल्याउन सफल संयुक्त आन्दोलन गर्नुपर्ने उनको भनाइ थियो ।