सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद एवम् केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संसद विघटनको निर्णयले कम्युनिष्ट आन्दोलन समाप्त भएको टिप्पणी गरेकी छिन्।
ट्विटरमा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई व्यङ्ग गर्दै बधाई दिएकी छिन्।
झाँक्रीले लेखेकी छिन् – ‘आउनुस् लोकतान्त्रिक गणतन्त्रको लागि एक पटक फेरी लडौं। केपी ओली र विधा भण्डारीलाई बघाई दिउ कम्यूनिष्ट आन्दोलन समाप्त गरेकोमा। यो भन्दा मर्माहत हुने क्षण अरू के हुनसक्छ? हामीले लडेर ल्याएको ब्यवस्थामा बागको छालामा स्यालको रजाई गरेका थिए यिनीहरूले। बधाई छ विधा र केपी ओलीलाई।’
आउनुस लोकतान्त्रिक गणतन्त्रको लागि एक पटक फेरी लडौं।
केपी ओली र विधा भण्डारीलाई बघाई दिउ कम्यूनिष्ट आन्दोलन समाप्त गरेकोमा।— Ram kumari Jhakri (@Jhakri_didi) December 20, 2020
यो भन्दा मर्माहत हुने क्षण अरू के हुनसक्छ? हामीले लडेर ल्याएको ब्यवस्थामा बागको छालामा स्यालको रजाई गरेका थिए यिनीहरूले।
वधाई छ विधा र केपी ओलीलाई।— Ram kumari Jhakri (@Jhakri_didi) December 20, 2020