जीवनका २० बर्ष हावाझैं उडेर गई हाले, थाहा नै भएन । त्यसपछि जागरीको खोजी सुरु भयो । यस्तो होइन, त्यस्तो, टाढा होइन नजिक । यसो गरिरहँदा, २-३ जागिर छोड्दै एउटा फाईनल भयो । थोरै स्थिरता सुरु भयो । त्यसपछि आयो पहिलो तलबको चेक । त्यसलाई बैंकमा जम्मा गरियो र यहीं बाट शुरू भयो खातामा शून्य थप्ने अन्तहीन खेल ।
३-४ बर्ष अरु बिते । बैंकमा केही शून्य अरु थपिए। उमेर २५ पूगी सक्यो । र त्यसपछि बिहे भयो । जीवनको राम कथा शुरु भयो । शुरूका एक दुई वर्षहरु नरम, गुलाबी, रसीला र सपनीमा बिते । हातमा हात हाली सँगै हिंड्ने रंगीन सपनाहरू । तर यी दिनहरुको चाँडै उडान भयो । र त्यसपछि आँगनमा बच्चाको चिच्याई सुनिन थालियो । अब सबै ध्यान बच्चामा केन्द्रित थियो । उठ्दा बस्दा खाँदा पिऊँदा छोरासँग रमाई रहने । कसरी समय छिटो छिटो बितिहालेछ थाहै भएन ।
यसैबीच, कहिले मेरो हात उसको हातबाट फुस्किएछ, थाहा भएन । छोरा हुर्कन थाल्यो । बूढी छोरासँगै व्यस्त भई, म काममा । घर र कारको किस्ताहरू, छोराको जिम्मेवारी, शिक्षा र भविष्यका सुविधाहरूको साथै बैंक ब्यालेन्स बढाउने चिन्ता । उसले पनि आफुलाई काममा पूर्ण रूपमा समर्पित गरिन र मैले पनि । अब ३५ वर्षमा लागें । घर, कार, बैंकमा थपिँदै गएको शून्य, परिवार सबै छ, तर अझै केही हराइरहेको छ ? तर के हो बुझ्न सकिन । यस बीच, दिन बित्दै गए । समय दगुरी रहेको थियो । छोरो ठूलो हुँदै गयो । उसको आफ्नै संसार तयार हुँदै थियो । बूढा बूढी चालीस बयालिस नाघि सकेका थियौं । बैंकमा लगातार शून्य थपिँदै गई रहेको थियो ।
एक दिन, एउटा अत्यन्तै सुनसान क्षणमा मैले तीं बितेका दिनहरू सम्झें र अवसर भेट्दा बूढीलाई भनें, “बूढी, सुन न, यसो गरौं हातमा हात हालेर कतै घुम्न जाऊँ न ।” उसले मलाई अनौठो हेराईमा हेरी र भनि, “ये..बूढा, जे पनि । यता कति काम बाँकी छ, कुरा गर्नु हुन्छ र ।”साड़ीको किनार कम्मरमा कोच्दै ऊ बाहिर निस्की । पैंचालिस पछि चश्मा सुरु भयो, कपालले कालो रंग छोड्न थाल्यो, केहि दिमागमा अलमल्लिन थाल्यो ।
उता छोरो कलेजमा थियो, यता बैंकमा शून्य थपिँदै गई रहेका थिए । हेर्दा हेर्दै छोराको कलेज पनि सकियो । ऊ आफ्नै खुट्टामा उभि सकेको थियो । पखेटा निस्किदै उड्यो परदेश । दुई बूढा बूढी एक्लै भयौं । बूढीको कपालको कालो रंग पनि उड्न सुरु भयो । कहिलेकाँही दिमागले पनि साथ छोड्न थाल्छ । उसले चश्मा पनि पाई । म आफै पनि बुढो हुँदै थिएँ । उनी पनि अलि बूढ़ीन थालिन् । दुबै पचपन्न बाट साठी तिर लागी सकेका थियौं । बैंकमा शून्यको कुनै समाचार छैन । बाहिर जाने आउने कार्यक्रमहरू बन्द हुन थाले । अब त गोली र औषधिका दिनहरू तय हुन थाले ।
छोरा हुर्किएला, तब सबै सँगै बसौंला भनी सोचेर किनेको घर अब बोझ बनेको छ । छोरा कहिले फर्किएला, यो सोच्दा सोच्दै बाँकीका दिनहरू बित्न थाले । एक दिन यसो सोफामा बसेर चिसो हावाको आनन्द लिइ रहेको थिएँ । उनी पूजाघरमा अगरबत्ती बाली रहेकी थिईन् । त्यसैबेला फोनको घन्टी बज्यो । फोन उठाएँ । अर्को पट्टि छोरा थियो । फोनमा आवाज आयो, “बुवा, दर्शन ।” भन्ने बित्तिकै जिउ सीरिंग भएर आयो, धेरै वर्ष पछि छोराको आवाज सुन्न पाइएको थियो । “भाग्यमानी छोरा, के छ तेरो खबर ? कहिले फर्किने होस…” मेरो वाक्य पूरा न हुँदै उता बाट फेरी आवाज आयो, “बुवा, मैले बिहे गरी सकें, अब म यतै बस्ने भएँ सधैंका लागि । तपाईंको बैंकमा थपिएका शून्यहरु कुनै वृद्धाश्रममा दिनु र तपाईंहरु पनि उतै बस्नु ।” यति भन्दै उसले फोन राखि दियो ।
म फेरि सोफामा आएर बसें, धम्म..!! बूढीको अगरबत्ति पनि सकिनै लागेको थियो, मैले उसलाई आवाज दिएँ, “बूढी, यता आऊ न, आज फेरि हातमा हात हालेर मज़ासँग कुरा गरौं न है ।” उसले तुरुन्तै भनी “ल म आई हालें ।” म छक्क परें, मलाई विश्वास गर्न गार्हो थियो । अनुहार खुशीले चम्कियो । आँखा भरिए । आँखाबाट आँसु झर्न थाले र गालाहरू भिजे । अचानक, आँखाको चमक फीका पर्न गयो र म लड़ें, भुईमा सधैंभरिका लागी !!
उनीले पूजाको बाँकी काम सिदध्यायेर आइन र मसँग बसिन् “बोल्नुहोस् के भनिरहनुभएको थियो?”
तर मैले केहि भनेन । उसले मेरो शरीर छामी । शरीर पूर्ण चिसो थियो । मैले उसलाई हेरिरहेको थिएँ, एकटक ।
उ एकै क्षणमा शून्य भई । “के गर्ने ?” ऊ केहि पनि बुझ्न सकिन रहेकी थिइन । तर एक दुई मिनेट मा उ सचेत भई । बिस्तारै उठी, र पूजाघरमा गई । एक अगरबती फेरी बालिन । परमेश्वरलाई प्रणाम गरिन र फेरि आएर सोफामा बसिन् । मेरो चिसो हात आफ्नो हातमा लिएर भन्छिन् “भन्नुहोस न, के कुरा गर्न चाह्नुहुन्थ्यो ? हिड्नु होस तपाई मलाई लिएर कहाँ जान चाह्नुहुन्थ्यो त्यहाँ जाऊँ !” यो भन्दै उनको आँखा भरियो !! …… उनी मलाई हेर्दै थिइन् । आँखाबाट आँसुको प्रवाह बगिरहेको थियो । मेरो टाउको उसको काँधमा खस्यो । चिसो हावा विस्तारै अझै चलिरहेको थियो ।
***
के यही जीवन हो र ? होइन !!
सबै जना आफ्नो भाग्य साथमा लिएर आउँछन्, त्यसैले आफ्नो लागि केहि समय निकाल्नुहोस् । यदि जीवन तपाईंको आफ्नै हो भने बाँच्ने तरिका पनि आफ्नै रोज्नुहोस् । “आजैबाट सुरु गर्नुहोस्” किनकि “भोलि कहिल्यै आऊँदैन” !
मानव हुन्छ माया गर्नका लागि, पैसा हुन्छ प्रयोग गर्नका लागि
तर दु:ख हुन्छ जब मानिसहरु पैसालाई माया गर्छन् र मानवलाई प्रयोग गर्छन्