राजनीतिको अंधकार चिर्न ‘रवि’ को उदय भएको छ
खुशीले गदगद आज जनमानसको ह्रदय भएको छ
लुटेरा, फटाहा, भ्रष्ट, लोभी र पापीका अब दिन गए
देशको मुहार फेर्न अब हजारौँ रवि जन्मिने भए
हर्क, बालेन र रवि बाट क्रान्तिको शुरुआत भैसक्यो
जनतालाई धोका दिने नेताहरुको समय अब गैसक्यो
सन्जालमा स्टाटस लेखी ‘सक्दैन’ भन्न हतार नगरौं
वर्षों छोटे राजाहरुको झोले बनी हाम्ले के साध्य गर्यों
यो परिवर्तनको लहर हो र यही जनताको माग हो
रविको राजनैतिक जिम्मेवारी पनि समयकै माग हो
म त देख्छु लामिछानेमा मदन भण्डारीको छवि
उनकै जस्तो भिजन भएको युवा लीडर हुन् रवि
विदेशिएका युवाहरु अब स्वदेश फर्किने छन्
युवाको जमात देखेर बूढा नेताहरु जर्किने छन्
देश त युवाले पो चलाउने हो, बूढाहरुले त भत्ता खाऊ
युवाहरुलाई जिम्मेवारी सुम्पेर तिमिहरू अब तिर्थ जाऊ
पुराना पार्टीहरुको व्यतिथि अब पक्का मेटिने छ
किनकी स्यालहरुलाई संसदमा अब “सिंह” भेटिने छ