
गाउँकी एउटी नौलो दुलहीले आफ्नो श्रीमानबाट अंग्रेजी भाषा सिक्दै थिइन्, तर अहिलेसम्म उनी “C” अक्षरमै अड्किएकी थिइन् । किनकी उनले बुझ्न सकिरहेकी थिइनन् कि “C” लाई कहिल्यै “च”, कहिल्यै “क” अनि कहिल्यै “स” किन भनिन्छ ?
एक दिन उनले आफ्नो श्रीमानलाई भनिन्, तपाई लाई थाहा छ, “भारतमा त चलचत्ता का चुलीहरु पनि च्रिचेट खेल्छन् अरे नि ?”
श्रीमानले यो कुरा सुने र आरामसँग सम्झाए, “ होइन के लाटी, यहाँ “C” लाई “च” होइन “क” भन्ने हो । यसलाई भन्नुपर्दा यसरी भन्ने हो, “कलकत्ताका कुलीहरू पनि क्रिकेट खेल्छन् ।”
बुझ्यौ हैन त !
पत्नीले फेरि भनिन् कि “कन्द्र कापागाईं हाम्रो बैंकका केयरम्यान होईन र ?” श्रीमानले फेरि सम्झाउँदै भने, “यहाँ “C” लाई “च” भनिन्छ “क” होइन । जस्तै, “चन्द्र चापागाईंजी हाम्रो बैंकका चेयरम्यान हुन भन्नुपर्छ ।
केही बेर मौन बसेपछि श्रीमतीले फेरि भनिन्, “तपाईंको चोट र च्याप दुबै चटन च्लोथको हैन र?”
श्रीमानले अलिकति रिसाएर चर्को स्वरमा भने, “हेत्तेरी तिमीले किन बुझ्दिनौ भन्या, यहाँ “C” लाई “क” भन्ने हो “च” होइन ।
हेर यसरी भन्ने हो, “तपाईंको कोट र क्याप दुबै कटन क्लोथको हैन र ? ”
श्रीमतीले फेरि भनिन्– “तपाईंलाई थाहा छ अस्ति मैले कन्द्रागिरीमा एउटा रेस्टुरेन्टको केम्बरबाट बाहिर हेर्दा त्यहाँ मैले एउटा कर्क जस्तो देखें !”
अब श्रीमानले रिसाएर भने, “बेवकूफ, यहाँ “C” लाई “क” होइन “च” भन्ने हो ।”
उदाहरणका लागि, “चन्द्रागिरीमा एउटा रेस्टुरेन्टको चेम्बरबाट बाहिर हेर्दा त्यहाँ मैले एउटा चर्च जस्तो देखें ! यसरी भन्ने हो, बुझ्यौ ?”
श्रीमती सहमत भइन् र मन्द स्वरमा भनिन्, “अनि त्यो बिजुलीको चरन्टले घाइते भएका बसको चन्डक्टर र सहकारीको च्लर्क मरे कि बाँचे त ?”
“श्रीमानले कपाल कनाऊँदै भन्यो, “ए मुर्ख, यहाँ “C” लाई “क” भनिन्छ “च” होइन…
“करेन्ट लागेर कन्डक्टर र क्लर्कको मृत्यु भयो कि बाँचे भन !”
त्यसमा श्रीमतीले बिस्तारै भनिन्, “किन रिसाएको… टिभीमा हेर…
“केन्टिमिटर, केल र किमेन्ट……..”
धैर्यता गुमाई सकेको श्रीमानले उसको वाक्य पूरा नहुँदै चर्को स्वरमा भने, “अब तँ बोल्न बन्द गर त, नत्र म अहिल्यै बौलाहा भैहाल्छु । भर्खरै भनेको होइन – यहाँ “C” लाई “क” होइन “स” भनिन्छ भनेर ।”
“सेन्टिमिटर, सेल र सिमेन्ट पो भन्ने हो !”
श्रीमतीले गनगन गर्दै भनिन्, “हस..”
श्रीमान, “अनि !”
उठेर जाँदा आफै सँग गनगन गर्दै भनिन्, “यो “C” ले त मेरो टाउको नै दुख्न थाल्यो । अब म गएर चेक खान्छु, त्यस पछि फेरि एउटा चोक पिऊँछु अनि चफि सँग एउटा च्याप्सूल खाएर सुत्छु । बल्ल त्यसपछि शान्ति हुनेछ ।”
श्रीमती तर्फ हेर्दै श्रीमान् पनि गनगन गर्दै बाहिर निस्किए, “तिमी केक खाउ,
तर मेरो टाउको नखाउ ! तिमी कोक पिउ, कफी पिउ तर मेरो रगत नपिउ ! तिमी क्याप्सुल निल्ने भए निल तर मेरो शान्तिलाई न निल…..!
अङ्ग्रेजीमा धेरै कमजोरीहरू छन् तर Practice makes a man/women perfect. चाहिने जतिको अंग्रेजी भए पुग्छ । नत्र भाव भंगिमाले काम चलीहाल्छ । काम केही रोकिंदैन । अनावश्यक टाउको नदुखाऔं ।
आफ्नो भाषामा गर्व गरौं ।