सफलता भनेको पैसा वा नाम मात्र कमाउनु हो ? नाम र दाम कमाए पछि के सबै थोकको खुसी मिल्छ ? यी कुराहरू हामीले जान्नु एकदमै जरुरी छ । किनकि आजकल मानिसहरू के सोच्ने गर्छन् भने पैसा कमाए पछि संसारको सबै खुसी मिल्ने गर्छ ।
तर के पैसाले पारिवारिक खुसी किन्न सकिन्छ त ? सायदै सकिँदैन होला किनकि पैसा भनेको एउटा आवश्यकता पुरा गर्ने माध्यम मात्र हो ।
तपाईँले पैसा त कमाउनु हुन्छ तर आफ्नो परिवारलाई भने समय दिन सक्नु हुन्न भने याद राख्नुहोस् तपाईँलाई पारिवारिक खुसी पनि कम मिल्ने गर्छ । एक असल व्यक्ति त्यो हो जसले आफ्नो सम्पूर्ण काम गरेर पनि आफ्नो थोरै समय भए पनि परिवार सँग बसेर बिताउने गर्दछ । यदि तपाई आफ्नो समय निकालेर परिवार सँग बिताउने गर्नुहुन्छ भने उनीहरूको सकारात्मक कुराले तपाईँलाई अझ बढी हौसला मिल्दै जान्छ ।
जीवनको हरेक परिस्थितमा आफ्नो परिवारको साथ कहिल्यै पनि नछोड्नु किनकि परिवार भन्दा ठुलो अरू केही पनि हुँदैन । जसले आफ्नो परिवारलाई साथ दिँदैन नि ऊ सधैँ नै एक्लो हुने गर्दछ । परिवारको महत्त्वको राम्रो उदाहरण भनेको साउथ फिल्महरू हुन् ।
किनकि त्यहाँ पारिवारिक सम्बन्धलाई यति मजाले देखाउने गर्छ कि अरू कसैले पनि त्यति मजाले देखाउँदैन । यति परिवार खुसी छ भने संसार नै उज्यालो भए जस्तो लाग्छ तर परिवारमा नै खुसी वा मेलमिलाप छैन भने त्यहाँ लक्ष्मीले पनि बास गर्नुहुन्न ।
आफ्नो परिवार सँग समय बिताउँदा के फाइदा हुन्छ त ?
यदि तपाईँ आफ्नो परिवार सँग थोरै मात्र समय बिताउनु हुन्छ भने परिवारमा आत्मीयता पनि कम हुन्छ तर तपाई जति धेरै आफ्नो परिवार सँग समय बिताउनु हुन्छ त्यति नै धेरै विश्वास र आत्मीयता पनि बढ्छ । आफ्नो परिवार सँग आफ्नो दुख सुख शेयर गर्दा परिवारको सदस्यहरूबिच माया पनि बढ्दै जान्छ ।
मानिसहरू प्राय एक्लोपनले गर्दा डिप्रेसन जस्तो रोगको सिकार हुने गर्दछन् । तर यदि मनमा लागेको कुराहरू र आफ्नो दुखहरू परिवारमा बत्ताउँदा यस्ता रोगहरू बाट पनि बच्न सकिन्छ । परिवार सँग समय बिताउँदा त्यहाँ एउटा बेग्लै न्यानोपन पनि रहन्छ । जसले आफ्नो परिवार सँग आफ्नो थोरै भए पनि समय निकालेर बिताउने गर्छ उसले अप्ठ्यारो परिस्थितिमा पनि सम्झिन्छ कि, ‘मसँग मेरो परिवार छ, म मेरो परिवारको लागी बाच्नुपर्छ ‘। यसको के फाइदा हुन्छ भने डिप्रेसनमा गएर आत्महत्या गर्ने जस्ता घटनाहरू पनि कम हुन्छन् ।
मानिसहरू एक्लोपनले गर्दा कुलतमा फस्ने गरेको समस्याहरू धेरै देख्नमा आउँछ । तर परिवारमा भने सबै सदस्यहरू भेला भएर आफ्नो मनको कुरा सुनाएर मन हल्का गर्दा यस्ता समस्याहरू पनि न्यून हुँदै जान्छन् । दिनको एक घण्टा भए पनि सबै सदस्यहरू भेला भएर कुरा गर्ने, रमाउने गर्दा पारिवारिक कडी पनि दर्बिलो हुने गर्छ ।
मनमा लागेको नराम्रो कुरा सदस्यहरूबिच बताएर त्यसको निराकरण कसरी गर्ने भन्नेबारे पनि चर्चा हर्नुपर्दछ । परिवारमा आफ्नो मनको कुरा खुलेर गर्दा मन पनि हल्का हुन्छ र मानसिक तनाव पनि कम हुन्छ । सदस्यहरूबिच मनमुटाब पनि रहँदैन र मनमा कुरा गुम्स्याउने वातावरण पनि रहँदैन । यदि कुनै परिवारको एक सदस्य नकारात्मक बाटोतर्फ जान खोज्दै छ भने उसलाई राम्ररी सम्झाएर, बुझाएर सकारात्मक कुराहरू सुनाएर उसलाई पुन राम्रो काम तर्फ प्रेरित गराउनु पर्दछ ।
यो संसारमा हरेक एक व्यक्ति आफ्नो जीवनमा समस्याहरू सँग लडिरहेको हुन्छ । ऊ आफ्नो जीवनको एक योद्धा पनि हो । उसको परिवार उसको साथमा छ भने उसलाई ती समस्याहरू सँग लड्न हौसला प्राप्त हुन्छ । उसले जस्तोसुकै परिस्थितिमा त्यस्ता समस्याहरू सँग लड्न सक्छ । उसको लागी परिवार भनेको हिम्मतको सागर हो । जब परिवार एक ठाउँमा खुसी साथ हुन्छ नि तब उसले आफ्नो शक्तिलाई समूहको शक्तिमा रूपान्तरण गर्दछ । जसले गर्दा जस्तोसुकै कठिन समस्याहरूको पनि समाधान सजिलै निस्कने गर्दछ ।
परिवारको यही नै त फाइदा छ कि कठिन परिस्थितमा एक अर्कालाई सक्दो सहयोग गर्ने । यदि व्यक्तिलाई परिवारको साथ छ भने ऊ आफ्नो लक्ष्यमा पनि सजिलै अघि बढ्न सक्दछ तर यसको लागी तपाईँले आफ्नो परिवार सँग पनि समय बिताउने गर्नु पर्दछ । परिवारको सदस्यहरू जस्तोसुकै परिस्थितिमा पनि एक झुट हुने गर्नु पर्दछ यसले गर्दा परिवारको सदस्यहरूलाई आफ्नो लक्ष्यमा पुग्न पनि सहज हुन्छ ।
परिवारको सदस्यहरू लामो समय सम्म एकैसाथ बस्दा एक अर्का प्रति आत्मीयता र विश्वास पनि बढ्छ । उनीहरू एक अर्काको ख्याल पनि गर्ने गर्छन् । यसले गर्दा सबै सदस्यहरू पनि खुसी रहन्छ र जति धेरै मानिसहरू खुसी भए त्यति नै उनीहरू मानसिक र शारीरिक रूपमा स्वस्थ पनि बन्दै जान्छ । परिवारको सदस्यहरू खुसी साथ बस्नु भनेको नै स्वस्थ जीवन बाच्नु पनि हो ।
व्यक्ति-व्यक्ति मिलेर परिवार बन्छ र परिवार – परिवार मिलेर समाज बन्छ त्यसपछि समाज – समाज मिलेर एउटा सिङ्गो देश बन्छ त्यसैले दक्ष र स्वस्थ जनशक्ति उत्पादन हुनको लागी पारिवारिक खुसी हुन जरुरी हुन्छ । सबै परिवारको सदस्यहरू मिलेर आफ्नो मनको भावना शेयर गर्नुपर्छ । तब मात्र हाम्रो देश पनि सकारात्मक बाटो तर्फ जानेछ ।
जीवनमा खुसी खोज्न कहीँ जानु पर्दैन किनकि खुसी त सानो सानो कुरामा नै भेटिन्छ । र त्यही खुसी परिवारको साथमा हजार गुणा बढेर जान्छ । एक्लै खुसी हुनुमा र परिवारको साथमा खुसी हुनुमा धेरै फरक पर्छ । आफ्नो हजुरबुवा हजुरआमाले भनेका कथाहरू सुन्न पाउँदा निकै खुसी लाग्छ ।
साना केटाकेटीहरू सँग खेल्न पाउँदा, चाडपर्वहरूमा आफन्तहरू सँग खुसी साथ समय बिताउँदा र आमा-बुवाको आशीर्वाद पाउँदा निकै खुसी मिल्छ । यसरी व्यक्ति आफ्नो परिवार सँग घुलमिल भएर बस्दा ऊ कुनै दुबिधामा पनि रहँदैन र ऊ स्वस्थ पनि रहन्छ । यसले गर्दा व्यक्ति खुसी र प्रफुल्लित भएर बाच्न पनि सक्छ । त्यसैले तपाई जति नै व्यस्त भए पनि आफ्नो परिवारको लागी थोरै भए पनि समय निकालेर बिताउने गर्नुहोस् ।
नोट : साथै तपाईँलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरू अरूलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरूले ज्ञान पाउँछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।