काठमाडौं महानगरको प्रमुख बालेन भनिने बालेन्द्र साहको बारेमा दीपबहादुर बडुवाल (दीपक)ले लेखेको कविता ।
देश परिवर्तनका लागि निर्णय गरें राजनीतिमा आउने,
सोध्ने गर्थे साथीहरु मलाई कहिले सम्म हो धाउने ?
दिन्थें उनलाई जवाफ मैले- “बूढो हुन्जेल् सम्म”,
न थाक्ने छु र न भाग्ने छु साँस रहुन्जेल् सम्म ।
दौड़ी रहें संघर्षको मैदानमा बोकी नियत राम्रो,
त्यसैको परिणाम होला आज विजयी हुनु हाम्रो ।
अँध्यारो जतिसुकै बाक्लो होस् शुभ बिहानी आउँछ नै,
सूर्यको पहिलो किरणले आशाको नयाँ सन्देश ल्याउँछ नै ।
तपाईहरुको आशिर्वादले आज नयाँ जिम्मेवारी पाएँ,
तपाईहरुकै सेवाको निम्ति ‘प्रमुख’ छनोट भई आएँ ।
तपाईहरुको साथ सपोर्ट र मायाको, आभारी छु म आज,
उडाउनु छ अब काठमाडौं, स्वास्थ्य र शिक्षाको जहाज ।
विकासको निम्ति काम गर्नेछौं सबैलाई साथ मिलाई,
हुनेवाला छैन अब कुनै प्रकारको लेट लतीफी र ढिलाई ।
साथीहरु, चुनावी प्रचारमा लाग्नुभो जसरी एकजुट भई,
त्यसरी नै लागौंला विकासको निम्ति पुनः एकजुट भई ।
चाँडै पूरा हुनेछ अब क्षेत्रका जनताहरुको एकमात्र आस,
हामी सबै मिलेर गरौंला काठमाडौं महानगरको विकास ।
सुन्दर काठमाडौं र सफा काठमाडौं लक्ष्य हुनेछ हाम्रो,
सबै मिली सँगै अगाडी बढ्दा विकास हुनेछ राम्रो ।
हामी सबैको हो काठमाडौं, नमुना बनाउनु छ यसलाई,
रचनात्मक सुझाव दिनुहोला अब उत्कृष्ट लाग्छ जसलाई ।
चुनावमा एउटा विजयी हुने त संविधानको रीत हो,
मेरो मात्र होइन साथीहरु यो त तपाईहरुको जीत हो ।