प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालका संविधान दोस्रो संशोधन बिहीबार प्रमाणीकरण भएको खुशीमा विराटनगर–१३ स्थित निवासमा दीप प्रज्वलन गरेका छन् ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालका संविधान (दोस्रो) संशोधन विधेयक –२०७७ प्रमाणीकरण भएको हो ।
नेपालको संविधान (दोस्रो) संशोधनमा लिपुलेक, लिम्पियापुर र कालापानीसहित नेपालको नक्सा अङ्कित निशान छाप गत शनिबार प्रतिनिधि सभाबाट दुई तिहाइ बहुमत र राष्ट्रियसभाबाट सर्वसहमतिमा पास भएको छ ।
अब छिटै नै भारतसँग वार्ता गरेर गुमेको आफ्नो भूमि फिर्ता ल्याउनुपर्ने आम नेपालीहरुको बुझाई छ ।
भारतले अतिक्रमित गरेको उक्त भूभागका केही वासिन्दाहरु भने भारतको उच्च सरकारी सेवामा रहेका छन् ।नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्शा जारी भएपछि पूर्व झापा देखि कञ्चनपुरसम्म खुशियाली छाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली ‘राष्ट्रवादी’ नेता कहलिएका छन् ।
नक्शा नेपालले आफ्नो बनाइसक्यो तर जमिन भारतले नै भोगचलन गर्दै आएको छ । उक्त क्षेत्रका तीन हजार जनसंख्याबारे भने सरकार बेखबर नै छ ।
पढ्नुहोस केटीएम दैनिकमा प्रकाशित उक्त समाचार तलको लिंकबाट
नेपालको नक्शासा समेटिएका तीन गाउँका नागरिकहरु भारतमा आइजी देखि डिआइजीसम्म