
पर्यटन व्यवसायी प्रेम के. खत्रीले नेपाल सरकारले भारतसँगको सीमानामा पर्खा लगाउन हिम्मत गर्नुपर्ने धारणा राखेका छन् ।
अमेरिकाले मेक्सिकोको सीमामा स्थायी रुपमा पर्खाल लगाउने सुरु गरेझैं नेपालले पनि भारतसँगको सीममा स्थायी रुपमा पर्खाल बनाउनुपर्ने उनको सुझाव छ । सामाजिक फेशबुकमार्फत उनले सरकारलाई यस्तो आग्रह गरेका हुन् । र, उनले सरकारले यस्तो हिम्मत राख्छ भने नेपालीबाट नै पैसा उठाएर यो काम गर्न सकिने विश्वास दिलाएका छन् ।उनले भनेका छन्, कुने दिन यस्तो महान कार्यक्रमा सहयोग गर्ने अवसर जुट्यो भने म एक करोडसम्म खुशीका साथ दिनेछु ।
खत्रीले फेसबुकमा लेखेका छन्,”अमेरिका र मेक्सिको को सिमामा स्थाइ पर्खाल लगाई सिमामा हुने अपराधिक क्रियाकलाप रोक्न तथा आफ्नो देशको सिमा सुरक्षा गर्ने उद्धेश्यले आफ्नो देशको सरकारलाई सहयोग गर्न अमेरिका का Brian Kolfage ले गो फन्ड मि भन्ने website बाट “We The People BUILT the Wall” भन्ने क्याम्पेन मार्फत आज सम्म USD 25,489,100 अर्थात् नेपालि रुपैया ३,१०९,६७०,२०० आफ्नै देसको नागरिकहरु बाट कलेक्सन गरेका छन्। हाम्रो देश को सरकार ले पनि यस्तो हिम्मत राख्छ भने हामी नेपाली बाट नै पैसा उठाएर यो काम गर्न सक्छौ। कुनै दिन यस्ताे महान कार्यमा सहयोग गर्ने अवसर जुट्यो भने म १ करोड सम्म खुसीका साथ दिने छु।
अमेरिका र मेक्सिको को सिमा मा इस्थाई पर्खाल लगाई सिमा मा हुने अपराधिक क्रियाकलाप रोक्न तथा आफ्नो देसको सिमा सुरछ्या…
Gepostet von Prem K Khatry am Sonntag, 10. Mai 2020
केही समय अगाडी देखी नै नेपाल र भारतको खुल्ला सिमानामा तारवार लगाउनुपर्छ भन्दै जनस्तरबाट आवाज उठ्न थालेको छ । तर सो आवाज चियापसल र सामाजिक सञ्जालमा गफ गर्ने मेलो मात्र बनिरहेको तितो यर्थाथ हामीसामू प्रष्ट छ । नेपालमा भारतले माइक्रो म्यानेजमेन्ट गर्ने र नेताहरु दक्षिणको आशिर्वाद लिएर चल्ने आरोप लागिरहेकै बेला देशका आम नागरिकहरुको आवाज यथार्थमा परिणत हुन सकिरहेको छैन ।
कुनै कुनै नेताहरुले राष्ट्रप्रेम देखाउने हिसावले भाषणमा मात्र यी कुरा समेट्ने तर आफू पदमा पुगेपछि सबै कुरा भुल्ने नियतीले गर्दा नै सीमानाकामा तारवार लगाउने कुरा दिवा सपनामात्र भएको आम मानिसहरुको बुझाइ छ ।
र यो पनि पढ्नुहोस्
कोरोनाले नेपाल भारत सीमामा तारबार लगाएर बन्द गर्ने अवसर दिएको छ : देव गुरुङ