कुनै बखत एउटा माछा व्यापारी नदीको नजिकै रहेको आफ्नो विलासी बंगलामा बस्थ्यो । उसका दुईवटा मायालु, तर धेरै शरारती छोराहरू थिए ।
एकपटक उसले घाटमा बेकार र फोहोर भएका केही डुंङ्गाहरुमा रंग लगाउने विचार गर्यो । अर्को दिन विहान बजारमाबाट एक पेन्टरलाई बोलाइयो ।
व्यापारीले उसलाई डुंङ्गाहरु देखायो र काम सम्झाई सकेपछि आफ्नो व्यवसायमा लाग्यो । दिउँसो घर फर्किंदा घरको बाहिर लागेको भीड़ देखेर अलि डरायो । उसका दुबै छोरा धेरै समयदेखि हराइरहेका थिए र धेरै खोज गरे पनि भेटिएका थिएनन् ।
रूंदा रूंदा बच्चाहरुको आमाको अवस्था पनि खराब भई सकेको थियो । त्यसैबेला अचानक व्यापारीलाई पेन्टरको विचार आयो । ऊ त्यो ठाउँमा पुग्यो जहाँ डूंगाहरु रंगाउन लगाइएको थियो । पेन्टरले आफ्नो काम पूरा गरेर घर गई सकेको थियो ।
व्यापारीले देख्यो कि पेन्ट गर्नका निम्ति दिएका डुंङ्गाहरु मध्ये एउटा डुंङ्ग हराइरहेको थियो । व्यापारीको मुटुको धडकन तीव्र भयो, उसलाई बुझ्न समय लागेन कि उसका दुवै छोराहरूले डुङ्गालाई नदीमा लगेर गए । उसले चाँडै केही नाविकहरू र गोताखोरहरूलाई जम्मा गर्यो र उनिहरुसँग अर्को डूंगा लगेर छोराहरुलाई खोज्न हिड्यो । अलि पर पुगेको थियो कि टाढाबाट एउटा डूंगा आउँदै गरेको देख्यो । अलि नजिक पुग्दा, यो स्पष्ट भयो कि यो उसैको डुङ्गा थियो र त्यसमा बसिरहेका उसका दुबै छोराहरू सुरक्षित थिए । व्यापारीले गहिरो सास फेर्छ र छिटो आफ्नो डुङ्गा उनिहरुतिर लग्छ ।
आफ्ना बुवालाई देखेर बच्चाहरु डराए किनभने कसैलाई नसोधेर डुङ्गा लैजाने अनुमति उनीहरूलाई थिएन । डराएर तिनीहरु आफ्नो बुबाको नजिक गए । तर बुबाले उनिहरुलाई गाली गर्नुको साटो अंगालो हाले ।
किनारमा बच्चाहरूको आमा र छिमेकका धेरै मानिसहरू तिनीहरूका लागि पर्खिरहेका थिए। बच्चाहरूले डूंगा बाट ओर्लने बित्तिकै आफ्नी आमालाई अँगाले । सबै जना गई सके पछि व्यापारी बच्चाहरूको डूंगामा गएर वरी-परी, तल माथि राम्रै सँग डूंगालाई हेर्न थाल्यो ।
व्यापारीले तुरुन्तै एकजना मान्छेलाई त्यो पेन्टरलाई ल्याउन पठायो । पेन्टरले यो घटनाको बारेमा थाहा पाऊँदा, धेरै डराई रहेको थियो, उसले आफ्नो मन भित्र सोची रहेको थियो कि बच्चाहरुलाई नदीको पानीमा डुलाएको आरोप उसैलाई लाग्ने छ र उसलाई सजाय दिइनेछ ।
पेन्टर व्याकुल हुँदै व्यापारी समक्ष पुग्यो ।
उसलाई देखेर, व्यापारीले सोध्यो, “आज तिमीले के-के काम गर्यौ ?”
“हजूर, तपाईले देखाउनु भएका डूंगाहरु रंगें ।”, पेन्टरले अलि हिचकिचाएर भन्यो ।
“तिम्रो ज्याला कति भयो ?” व्यापारीले सोध्यो।
“हजूर, पाँच सय रुपैयाँ” पेन्टरले जवाफ दियो ।
व्यापारी आफ्नो कुर्सीबाट उठ्यो र उसलाई अँगालो हालेर भन्यो, “होइन, तिम्रो ज्याला पाँच सय रुपैयाँ मात्र भएन, पचास हजार रूपैयाँ भयो ।” र यो भनिरहेपछि उसले पेन्टरको हातमा पाँच सय रुपैयाँको प्याक नै राखिदियो ।
पेन्टर र त्यहाँ उपस्थित सबैले छक्क पर्दै व्यापारीलाई हेरे । कसैले पनि बुझ्न सकेन किन व्यापारीले यस्तो अनौंठो व्यवहार गरिरहेको थियो । कसैले सोध्नु अघि, व्यापारीले सबैलाई सम्बोधन गर्दै भन्यो -“तपाईंले सोचिरहनु भएको होला कि म किन यस्तो अनौंठो जस्तो व्यवहार गर्दैछु र पाँच सय रुपैयाँ ज्यालाको सट्टा पचास हज़ार रुपैयाँ किन दिँदैछु ।”
व्यापारीले अगाडी भन्यो -“यसको कारण हो आज यस पेन्टरले मेरा दुवै छोराहरूको ज्यान बचायो । वास्तवमा, त्यो डूंगामा एउटा सानो प्वाल थियो जुन तिनीहरूले नदीमा लगेर गएका थिए, तर डूंगालाई रंगाउँदा यसले त्यो प्वाल देख्यो र कसैलाई न सोधेर आफै त्यो प्वाल भरी हाल्यो, जबकि यो न त यसको काम हो न त्यसको यसले कुनै पैसा माग्यो ।
यदि यसले यो सानो कार्य निस्वार्थ रूपमा नगरेको भए, हुनसक्छ मैले मेरा दुवै छोराहरुलाई आज गुमाउने थिएँ । म आजीवन यस पेन्टरको ऋणी भएको छु र यसले गरेको भलाईको अगाडि यो सानो रकम यसलाई मेरो तर्फ बाट एउटा सानो उपहार मात्र हो ।”
यो भन्दै व्यापारीले आफ्नो कुरा टु्ग्याए र त्यहाँ उपस्थित सबै मानिसहरूले पेन्टरको सम्मानमा ताली बजाउन थाले ।
मित्रहरू, तीं कुनै ठूला कुराहरु हुँदैनन् जसले साधारण व्यक्तिलाई महान बनाउँदछन्, बरु ती साना साना चीजहरू अथवा कुराहरु हुन्छन् जसले हामीलाई महानतामा पुर्याउँछन् । आजको संसारमा, जब अधिकांश व्यक्तिहरू आफ्नै फाइदा देखेर मात्र काम गर्छन्, पेन्टरको एउटा सानो निस्वार्थ भावले गरेको काम कति ठूलो भएको छ ।
तसर्थ, यस कथाबाट सिक्ने क्रममा, हामीले यस संसारमा राम्रो काम गर्ने साना साना अवसरहरुलाई पनि गुमाउनु हुँदैन र आफु भन्दा माथि उठेर, यस संसारलाई सुशोभित गर्ने प्रयास गर्नुपर्दछ ।